संगालोखबर


विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रण र युवा पुस्तामा सचेतना फैलाउन भिडियो प्रतियोगिता घोषणा गरेको छ । ‘लागूऔषध विरुद्धको महाअभियान २०८३’ अन्तर्गत प्रहरीले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो ।

मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले आज अभियानको उद्‌घाटन गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै युवाहरूलाई रचनात्मक ढङ्गले लागूऔषध विरुद्धको अभियानमा जोड्न प्रतियोगिता आयोजना गरिएको बताए ।

Advertisement

लागूऔषध विरुद्धको सन्देश फैलाउन यो प्लेटफर्म प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । प्रतियोगितामा सहभागी हुन चाहनेले ‘बढ्दो लागूऔषध विरुद्ध एकजुट हौँ’ भन्ने मूल सन्देशमा आधारित रहेर जनचेतनामूलक भिडियो तयार गर्नुपर्नेछ ।

आजदेखि सुरु भएको यो प्रतियोगितामा इच्छुक सहभागीले जेठ मसान्तसम्म भिडियो बनाएर प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने पाँच जनालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रहरीका अनुसार प्रथम पुरस्कार ५० हजार रुपैयाँ रहेको छ । यस्तै दोस्रो पुरस्कार ४० हजार र तेस्रो पुरस्कार ३० हजार रुपैयाँ रहेको छ । चौथो पुरस्कार २० हजार र पाँचौँ पुरस्कार १० हजार रुपैयाँ रहेको छ ।

प्रतियोगिता सबैका लागि खुला गरिएको छ । सहभागी हुन इच्छुक व्यक्तिहरूले आफूले तयार पारेको भिडियो जिल्ला प्रहरी कार्यालय मोरङको आधिकारिक सम्पर्क माध्यम वा प्रहरीले तोकेको डिजिटल प्लेटफर्ममा पठाउनुपर्नेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!