हिले-कुवापानी सडक मर्मतमा ढिलाई भएपछि स्थानीयवासीद्वारा विरोध प्रदर्शन
धनकुटा । धनकुटाको हिले-कुवापानी सडक मर्मतमा ढिलाई भएपछि स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । काम थालेको तीन वर्ष बितिसक्दा पनि ५ सय मिटर सडक मर्मतको काम पुरा नगरिएको भन्दै स्थानीयवासीले सडक डिभिजन कार्यालय धनकुटामा धर्ना दिएर प्रदर्शन गरेका हुन् ।
उनीहरूले सडक डिभिजन कार्यालयमा धर्ना दिएर चाडै सडक निर्माण सक्न दवाव दिएका हुन् । हिलेका स्थानीय लाक्पा तामाङको अगुवाइमा करिब दुई दर्जनको संख्याम...































