सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा सुरु भएको १८ औं संस्करणको सहिद भीमनारायण गोल्डकपमा आज गाईघाट फुटबल क्लब उदयपुर र बिर्तामोड युनाइटेड क्लब झापाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल तल्लो टुँडिखेलमा दिउँसो  बजे सुरु हुनेछ ।

आइतबार भएको उद्‌घाटन खेलमा राष्ट्रिय जागृति क्लब सुनसरीलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै सलहेश युवा क्लब सिराहाले विजयी सुरुवात गरेको छ ।

Advertisement

निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा सलहेशका फागुराम थारु, दिवाकर चौधरी, विदेशी खेलाडी डेभिट ताओ चेस्सी र सुजन डंगोलले गोल गर्दा रोमन भुजेलको प्रहार बाहिरिएको थियो ।

यस्तै राष्ट्रिय जागृतिका क्लबका निवास फुयल, विदेशी खेलाडी केल्भीन, दोर्जे तामाङले मात्रै गोल गर्न सफल भए । सुजन चौधरी र विदेशी खेलाडी ओलाबी ओफ्रेजलले गरेको प्रहार सहलेशका गोलकिपर योगेश धिमालले रोकेका थिए ।

खेलको प्लेयर अफ द म्याच सलहेशका रोशन पहाडी घोषित भए । उनले नगद ६ हजार रुपैयाँसहित मेडल हात पारे । प्रतियोगिताको विजेता टिमले ६ लाख रुपैयाँ र उपविजेता टिमले ३ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

हरेक खेलमा प्लेयर अफ द म्याच हुनेले नगद ६ हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!