बिमितको मृत्यु भएपछि परिवारलाई १३ लाख प्रदान
धनकुटा । सूर्यज्योति लाइफ इन्स्योरेन्स धनकुटा शाखाले बिमितको मृत्यु भएपछि मृतकको परिवारलाई १३ लाख रकम भुक्तानी गरेको छ । सो कम्पनीमा बिमा गरेका धनकुटा नगरपालिका–१ निगालेका सुरेन तामाङको परिवारलाई मृत्यु दावी बापतको रकम भुक्तानी गरिएको हो ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सका शाखा प्रमुख मुना पोख्रेलले आज एक कार्यक्रमकाबीच मृतक सुरेनकी श्रीमती देवीमायालाई चेक हस्तान्तरण गरिन् । वैदेशिक रोजगारीका लाग...





























