सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासले चालु आर्थिक वर्ष २०८२/०८३ मा ७५ प्रतिशत अर्थात दुई सय ४६ थान मुद्दा फछर्यौट गरेको छ । अदालतले सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै गत साउनदेखि जेठ ७ गतेसम्म भएको प्रगतिको जानकारी दिएको हो ।

अदालतले तीन सय २५ थान मुद्दामध्ये दुई सय ४६ थान फछर्यौट गरेको जनाएको छ । जिम्मेवारी सरेर आएका ३५ र नयाँ दर्ता भएका दुई सय ९० गरी तीन सय २५ मुद्दा मध्ये ७५.६९ प्रतिशत फछर्यौट भएका अदालतका मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले जानकारी दिए ।

Advertisement

एक वर्षभन्दा पुराना मुद्दा नरहेको र ६ महिना कटेका चार थान मुद्दा रहेका अदालतले जनाएको छ । अदालतमा सरकारवादी फौजदारी मुद्दा अन्तरगत जबरजस्ती करणी, ज्यान मार्ने उद्योग तथा सम्बन्ध विच्छेदमा मुद्दा बढी दर्ता हुने गरेका छन् ।

उच्च अदालत विराटनगर इजलास मातहतका ४ जिल्ला अदालतले पनि गत आर्थिक वर्षमा उल्लेख्य रूपमा मुद्दा फछर्यौट गरेका छन् । जसअनुसार धनकुटा जिल्ला अदालतले ७५ दशमलव ४७, तेह्रथुम जिल्ला अदालतले ६९ दशमलव ६, भोजपुर जिल्ला अदालतले ४९ दशमलव ६६ र संखुवासभा जिल्ला अदालतले ४२ दशमलव २१ प्रतिशत मुद्दा फछर्यौट गरेका छन् ।

धनकुटा जिल्ला अदालतले ६ सय ८१ मा पाँच सय १४, तेह्रथुम जिल्ला अदालतले तीन सय ३३ मा दुई सय ३०, भोजपुर जिल्ला अदालतले चार सय ४५ मा दुई सय २१ र संखुवासभा जिल्ला अदालतले पाँच सय ५८ मा तीन सय २३ थान मुद्दा फछर्यौट गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!