संगालोखबर सम्बाददाता

धनकुटा । नेपाल बुद्धिजीवी परिषद् धनकुटाले तयार गरेको पुस्तक ‘बौद्धिक दर्पण’ विमोचन गरिएको छ । परिषद्ले आज धनकुटामा कार्यक्रम आयोजना गरेर पुस्तक विमोचन गरेको हो ।

Advertisement

परिषद्का केन्द्रीय सचिव यज्ञ शर्मा, पूर्व सांसद गोपाल गुरागाईँ, प्रदेश सांसद द्वय इन्द्रमणि पराजुली र निरन राई, जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राई, परिषद्का कोशी प्रदेश अध्यक्ष प्राडा अर्जुनकुमार बराल, उपसचिव धर्मराज ढकाल लगायतले सामूहिक रुपमा पुस्तक विमोचन गरे ।

१ सय ३६ पृष्ठको पुस्तकमा भाषा, साहित्य, कला, संस्कृति सम्बन्धी १७ वटा लेखरचना समावेश छन् । परिषदले बौद्धिक दर्पणको यो दोस्रो संस्करण प्रकाशन गरेको हो ।

कार्यक्रममा परिषद्का जिल्ला अध्यक्ष डा.यज्ञप्रसाद गुरागाईँले धनकुटामा प्रगतिशील साहित्यको विकासक्रम सम्बन्धी कार्यपत्र पनि प्रस्तुत गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!