बालिका बलात्कार आरोपमा शिक्षक पक्राउ
पाँचथर । बालिकालाई बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् । सदरमुकाम फिदिम नगरपालिका–१२ स्थित सिद्धदेवी माध्यमिक विद्यालय पिपलबोटेका शिक्षक राजकुमार नेम्बाङ पक्राउ परेका हुन् ।
पीडित बालिकाका परिवारले दिएको उजुरीका आधारमा नेम्बाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रूपेश तामाङले जानकारी दिए ।
१५ वर्षीया बालिकालाई गत आइतबार राति बलात्कार गरेको आरोप उनीम...






























