संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । काठमाडौंबाट ओखलढुङ्गा आउँदै गरेको कार सिन्धुलीस्थित सुनकोसी नदीमा खसेको छ । आज दिउँसो फिक्कल गाउँपालिकास्थित नवलपुर भन्ने स्थानबाट कार नदीमा खसेको हो ।

बसले ठक्कर दिँदा कार नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारको नम्बर खुल्न बाँकी छ । कारमा ३ जना सवार रहेको सूचना प्राप्त भएपनि पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको टोली घटनास्थल गएको छ । थप विवरण आउन बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!