इलामको सिद्धदेवी टी स्टेट अमेरिकामा पुरस्कृत
विराटनगर । चिया खेतीका लागि प्रसिद्ध इलामस्थित सिद्धदेवी टी स्टेटले ‘उत्कृष्ट चिया’ को उपाधि जितेको छ । हालै अमेरिकाको लस भेगासमा आयोजित ‘विश्वचियाएक्सपो २०२४’ मा चिया उत्पादनमा उत्कृष्ट प्रदर्शनी गरेबापत नेपालमा उत्पादित चियाले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको हो ।
अमेरिकास्थित ‘वर्ल्ड टी एक्स्पो डट कम’ का अनुसार यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार ‘ग्राण्ड च्याम्पियन’ को ...






























