एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा मेन्याङ्बो
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा तिलकुमार मेन्याङ्बो चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ताप्लेजुङबाट प्रदेशसभा सदस्यमा निर्वाचित मेन्याङ्बोलाई दलको उपनेता चयन गरेको हो ।
यसअघि राम राना दलको कोशी प्रदेश संसदीय दलका उपनेता थिए । उनी आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएपछि संसदीय दलको उपनेताको जिम्मेवारी मेन्याङ्बोलाई दिएको नेकपा एमाले संसदीय दलका सचेतक ...





























