संगालोखबर


विराटनगर । धनकुटा र भोजपुरमा अवैध रूपमा लगाइएको गाँजा प्रहरीले फडानी गरेर नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरगत गाँजाको बोट नष्ट गरिएको हो ।

अवैध रूपमा लगाइएको र आफैँ उम्रिएका ३८ हजार गाँजाको बोट फडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

हिजो इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट खटिएको प्रहरी टोलीले सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका बिभिन्न स्थानमा गाँजाको बोट नष्ट गरेको हो ।

उक्त स्थानबाट १७ रोपनी क्षेत्रफलमा हुर्केका २४ हजार चार सय गाँजाका बोटहरू फडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय घोडेटार भोजपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिकाका विभिन्न स्थानबाट १८ रोपनी क्षेत्रफलमा लगाइएको १४ हजार एक सय गाँजाको बोट फडानी गरेर नष्ट गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!