संगालोखबर
साङ्केतिक तस्वीर

झापा । झापामा जुवा खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका-११ नहर चोक स्थित चन्द्रमणि रिमालको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

हिजो इलाका प्रहरी कार्यालय लाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । शिवसताक्षी-५ का मुकेश राउत, गौरीगञ्ज गाउँपालिका-१ का ४७ वर्षीय हरी राजवंशी, शिवसताक्षी-११ का ६२ वर्षीय चन्द्रमणि रिमाल र ४५ वर्षीय राजेन्द्र बाँस्कोटा पक्राउ परेका हुन् ।

Advertisement

यस्तै सोही स्थानका ४९ वर्षीय दिपेन्द्र घिमिरे, ४७ वर्षीय राजेन्द्र बुबर, शिवसताक्षी-७ का ५४ वर्षीय छत्र बहादुर सोडारी, ६१ वर्षीय मणि खड्का, ३२ वर्षीय राजु दर्जी र ५१ वर्षीय तुला सुब्बा पक्राउ परेका हुन् ।

यसैगरी सोही स्थानका ६९ वर्षीय सीताराम कार्की, ४३ वर्षीय खडी बहादुर श्रेष्ठ, शिवसताक्षी-४ का २४ वर्षीय सेवराज राजवंशी, ३६ वर्षीय रूप नारायण साह, ३५ वर्षीय मनोज साह, शिवसताक्षी-९ का ३३ वर्षीय निरज दुलाल, ५६ वर्षीय मोहन प्रसाद दुलाल र शिवसताक्षी-६ का ४८ वर्षीय लोकनाथ दुलाललाई प्रहरीले पक्राउ गरेको हो ।

जुवाको खालबाट नगद चार लाख ५४ हजार पाँच सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!