विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ परेको बारे प्रदेशसभा सचिवालयले सूचना टाँस गरेको छ । आज कोशी प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सूचना जारी गरेका हुन् ।
सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट प्रदेश सभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख गरिएको छ ।
अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित गराइएको जानकारी प्राप्त भएको अमात्यद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।