संगालोखबर


विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदको लागि हुने उपनिर्वाचनका लागि प्रमुख दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार टुङ्गो लगाएर प्रचारप्रसार तीव्र बनाएका छन् ।

नेपाली काङ्ग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाएको छ । पालिका कमिटीबाट ११ जनाको नाम सिफारिस भएकोमा काङ्ग्रेसले सरदारलाई उम्मेदवार बनाएको हो ।

Advertisement

माओवादी केन्द्रले पूर्ववडाध्यक्ष नमो नारायण माझीलाई उम्मेदवार बनाएको छ । सबैभन्दा पहिला उम्मेदवारको टुङ्गो लगाएको माओवादी प्रचारप्रसारमा व्यस्त छ । माझी काङ्ग्रेस छाडेर करिब दुई महिना अगाडि माओवादीमा प्रवेश गरेका थिए ।

यसैगरी नेकपा एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कृष्णकुमार माझी, निर्मला अधिकारी र विश्वास आकाङ्क्षी रहेकोमा केन्द्रले विश्वासलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीले दिलबहादुर बिकलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ । कोशी प्रदेशमा एक पालिका अध्यक्ष, एक जिल्ला समन्वय समित प्रमुख र सात वडाध्यक्षको लागि उपनिर्वाचन हुँदैछ ।

नेपाली काङ्ग्रेसबाट निर्वाचित अध्यक्ष जयप्रकाश गच्छदारको हृदयघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

यो पनि-

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!