विराटनगर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं लगिदैँछ । उनलाई अहिले २ः३० बजे विराटनगर विमानस्थलबाट काठमाडौं लान लागिएको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए ।
अहिले पूर्वमन्त्री अधिकारीलाई विराटनगर विमानस्थलमा राखिएको छ । आज केहीबेर अघि आफ्नै निवासबाट पक्राउ परेका अधिकारीले अनुसन्धानलाई सहयोग पुर्याउन हिँडेको प्रतिक्रिया दिएका छन् ।
उनले आफू कानुन मान्ने मान्छे भएकाले कानुनलाई सहयोग गर्नु आफ्नो दायित्व भएको बताए । उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
अधिकारी गत कात्तिक १३ गते जापान गएका थिए । मन्त्रिपरिषदबाट स्वीकृत नगराई जापान गएका अधिकारीलाई मानव तस्करीको आरोप लागेको थियो ।