धनकुटा । धनकुटाको पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रमा कार्यरत कृषि वैज्ञानिक डा.कृष्ण पौडेलको निधन भएको छ । पाख्रीवास नगरपालिका-३ चेतनामार्ग घर भएका ४२ वर्षीय पौडेलको डेंगु संक्रमणबाट निधन भएको छिमेकी नगेन बस्नेतले जानकारी दिए ।
केही दिन अघिदेखि ज्वरो आएपछि उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । प्रतिष्ठानले पनि रिफर गरेपछि उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याइएको थियो ।
विराटमै उपचारका क्रममा आज साँझ उनको निधन भएको बस्नेतले जानकारी दिए । अधिकृत पदमा कार्यरत पौडेल अनुसन्धान केन्द्रको सूचना अधिकारीको भूमिकामा पनि थिए ।