विराटनगर । कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मानव तस्करको आरोप लागेका अधिकारीलाई विराटनगरस्थित निवासबाट पक्राउ गरिएको हो ।
उनलाई आज केहीबेरमा विमानमार्फत काठमाडौं लग्ने तयारी भइरहेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका उनलाई मानव तस्करको आरोप लागेको छ ।