स्वदेशमै रोजगारी सिर्जना गरेर धेरै काम गर्न सकिन्छः प्रधानमन्त्री दाहाल
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले नकारात्मक भाष्य हटाएर सकारात्मक भाष्य निर्माण गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
‘यहाँ बसेर के हुन्छ भनेर राजनीतिक नेतृत्वलाई गाली गर्ने बानीको विकास भएको छ’, उनले भने, ‘यसलाई सुधार्न जरुरी छ । हामी सबैले नकारात्मक भाष्य हटाएर सकारात्मक भाष्य निर्म...





























