संगालोखबर


विराटनगर । पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथिभरामा केबलकार बनाउने विषयमा दुई पक्षबीच झडप भएको छ । आज दिउँसो केबलकारको स्टेसन बनाउनलाई शिलान्यास कार्यक्रम राखिएको थियो ।

तल्लोफेदीस्थित काफ्ले पाटीमा राखिएको शिलान्यास कार्यक्रममा केबलकार बनाउन दिने र नदिने पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement

नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायत शिलान्यास कार्यक्रममा पुगेका थिए ।

कार्यक्रम सुरु भएलगत्तै केबलकार बनाउन नदिने पक्षले ढुङ्गा हान्न सुरु गरेको थिए । दुवैपक्षबीच दोहोरो झडप हुँदा केही व्यक्ति घाइते भएका छन् । घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!