तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प जाँदा नेपालमा ठूलो धक्का महसुस
विराटनगर । नेपाल-चीन सीमा क्षेत्रस्थित तिब्बतको दिंगे कान्टीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको ठूलो धक्का नेपालमा महसुस भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । पूर्वी नेपालमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । चीनसँग सीमा जोडिएको पूर्वी नेपालको उत्तरी क्षेत्र सोलुखुम्बु, संखु...





























