कोशीका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ
विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । झापा, मोरङ र उदयपुरबाट खटिएको प्रहरी टोलीले आइतबार प्रतिबन्धित लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज गाउँपालिका-१ भन्सार चोकबाट भारतको किसानगन्ज-२ का २३ वर्षीय सलमलाई पक्राउ गरेको छ । उनको साथबाट ४ ग्राम ५५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी...





























