
खोटाङ । खोटाङमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका-५ पौवासेराका ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनकुमार राईको भिरबाट लडेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार शनिबार दिउँसो उनीहरू घाँस दाउरा लिन गएका थिए । सोही बेला खुकुरी भिरबाट खसेको र त्यसलाई खोज्ने क्रममा चिप्लिएर करिब ३ सय मिटर तल खस्दा उनीहरूको मृत्यु भएको प्रहरीको अनुमान छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 























