सन्तोष सुवेदी/संगालोखबर
साङ्केतिक तस्बिर

धनकुटा । नेपालमा करिब १० लाख ८१ हजार बालबालिका बालश्रममा रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धमा धनकुटाका जनप्रतिनिधि र कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै बालश्रमको अवस्था बारे जानकारी दिएको हो । 

नेपालमा ७ सय ५३ स्थानीय तह मध्ये ८ वटा पालिका मात्रै बालश्रम मुक्त घोषणा भएको पाइएको छ । १० लाख ८१ हजार बालबालिका मध्ये करिब २ लाख २२ हजारलाई कुनै पनि काममा लगाउन नमिल्ने मन्त्रालयले जनाएको छ ।

Advertisement

यसैगरी पाँच देखि १७ वर्ष उमेर समुहका १५ प्रतिशत बालबालिका बालश्रममा रहेको पाइएको छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी र बाग्मतीमा सबैभन्दा कम बालश्रम रहेको मन्त्रालयका उपसचिव जितेन्द्र प्रसाद शर्माले जानकारी दिए । मन्त्रालयले देशैभर १० वर्षे गुरु योजना बनाएर काम गरी रहेको उनको भनाइ छ ।

२०६६ कार्यविधि अनुसार जिल्लाका सबै पालिका बालश्रम मुक्त घोषण गर्न मन्त्रालयले काम गरिरहेको जनाएको छ । अन्तराष्ट्रिय फोरममा गरेका प्रतिवद्धता अनुसार नेपाललाई २०२५ सम्ममा बालश्रम मुक्त घोषण गर्नुपर्ने हुन्छ ।

बालबालिकालाई घर तथा अन्य क्षेत्रमा बालश्रममा लगाउने गरिएको पाइन्छ । पछिल्लो समय बालबालिकालाई प्रयोग गरेर लागूऔषध तथा हातहतियार ओसर-पसार हुने गरेको पाइएको छ ।

जोखिमपूर्ण काममा लगाउन निषेध गरिएपनि कलकारखाना, खानी लगायत क्षेत्रमा बालश्रम भइरहेको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख पुष्प कटवालले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!