सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका-६ स्थित सल्लेरीमा रहेको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालले लक्ष्यभन्दा बढी सेवा प्रवाह गरेको छ । १४ औं साधारण सभाका क्रममा आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य भन्दा बढी सेवा प्रदान गरेको अस्पतालले जनाएको हो ।

Advertisement

अस्पतालले आर्थिक वर्ष २०८०/०८१ मा १९ हजार ४६ जनालाई सेवा प्रदान गरेको जनाएको छ । १७ हजारलाई सेवा दिने लक्ष्य राखेको भएपनि थप एक हजार छ सय १६ जनालाई सेवा प्रवाह गरिएको अस्पतालका सचिव देव बहादुर खड्काले बताए ।

यसवर्ष नियमित बहिरङ्ग सेवा तर्फ ११ हजार चार सय ८३, मोतिविन्दुको अप्रेसन दुई सय ४० र अन्य अप्रेसन ६३ जनाको गरिएको उनले जानकारी दिए । यसैगरी शिविरमा बहिरङ्ग सेवातर्फ दुई हजार आठ सय, मोतिबिन्दु अप्रेसनतर्फ दुई सय २१ र अन्य अप्रेसनतर्फ २२ जना र विद्यार्थी आँखा जाँच कार्यक्रमतर्फ तीन हजार छ सय २० जना लाई सेवा प्रवाह गरिएको सचिव खड्काले बताए ।

महिला स्वयम् सेविका/शिक्षक अभिमुखीकरण तालिम अन्तरगत एक सय ५८, मोतिविन्दुको छनोट शिविरतर्फ १६ जना र निःशुल्क विद्यार्थी चस्मा वितरणतर्फ चार सय २३ जनालाई सेवा प्रदान नगरिएको उनले जानकारी दिए ।

कोशी प्रदेशका पहाडी जिल्ला तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ र धनकुटा लगायतका स्थानबाट यस अस्पतालमा सेवाग्राही आउने गर्छन् । आँखा रोगीहरूमा सेवा पुर्याउने उद्देश्यले २०७० साल मंसिरदेखी अस्पतालले सेवा प्रवाह गरेको थियो ।

अस्पतालले दैनिक ५० देखी ७० जना आँखाका बिरामीको उपचार गर्दै आएको छ । अस्पतालले धनकुटाका सात वटै स्थानीय तहका विभिन्न स्थानमा शिविर सञ्चालन गरेर सेवा प्रवाह गरिरहेको छ ।

अस्पतालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूका लागि निःशुल्क चस्मा वितरणका साथै मोतियाबिन्दु निःशुल्क अप्रेसन समेत गर्दै आएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले साधारणसभाको सामूहिक रूपमा उद्‌घाटन गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!