आगामी महाधिवेशनमा सभापतिका लागि मेरो दाबीः कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा आफू सभापतिको दाबेदार रहने बताएका छन् । आगामी २०८२ सालमा कांग्रेसको महाधिवेशन हुने सम्भावना छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अघिल्लो महाधिवेशनमा पराजित निकटतम प्रतिद्वन्द्वी भएका कारण पनि सभापतिमा स्वतः आफ्नो दाबी रहने कोइरालाले बताए ।
देशभर भ्रमण गरेर नेता कार्यकर्ता भ...






























