संगालोखबर

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य हेरफेर गरेको छ । निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ ।

Advertisement

आज राती १२ बजेबाट लागू हुने गरी मूल्य हेरफेर गरिएको हो । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँका दरले मूल्य बढाइएको निगमले जनाएको छ । अब विराटनगर, चारआली, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ ५० पैसा पर्नेछ । एक लिटर डिजेलका लागि १५० रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ ।

सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ र डिजेल १५२ रुपैयाँ पर्नेछ । काठमाडौँ, पोखरा र दिपालय क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ र डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ कायम गरिएको छ । निगमले विभिन्न क्षेत्रलाई पहिलो, दोस्रो र तेस्रो बर्गमा विभाजित गरेर पेट्रोलियम पदार्थको फरक-फरक मूल्य निर्धारण गर्ने गरेको छ ।

यता, हवाई इन्धनको भाउ आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!