विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको हो ।महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५१ हजार एक सय रुपैयाँ कायम भएको छ ।
मङ्गलबार सुन तोलामा एक हजार रुपैयाँले घटेर एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्य घटेको छ ।
आज चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलामा ३० रुपैयाँले घटेर एक हजार सात सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।