विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५३ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार प्रतितोला एक लाख ५१ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन मङ्गलबार एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी तोलामा एक हजार सात सय ९० रुपैयाँमा कारोबार भएको थियो ।