
धनकुटा । अविरल वर्षा, हावाहुरी र चट्याङको जोखिमका कारण धनकुटा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले सूचना जारी गर्दै आज र भोलि दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा तथा खेलकुद विकास मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते देशभर भारी वर्षा, हावाहुरी तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुनसक्ने सम्भावना रहेको छ ।
मौसमको प्रतिकुलताका कारण विद्यार्थीहरूमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, धार्मिक, निजामती आवासीय तथा संस्थागत विद्यालयहरूमा बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर भुजेलद्वारा हस्तान्तरित सूचनामा दुई दिनको बिदा आगामी लामो बिदाबाट कट्टा हुने गरी व्यवस्था मिलाइएको उल्लेख छ ।

संगालोखबर 

















