विराटनगर । बाल कलाकार सचिन परियारको १३ वर्षको उमेरमा निधन भएको छ । आज बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । पुस ६ गते अस्पताल भर्ना भएका परियारको केही दिनदेखि आइसीयुमा राखेर उपचार भइरहेको थियो ।
सामाजिक सञ्जालबाट चर्चामा आएका उनले गीत गाउनुका साथै विभिन्न म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए । यस्तै विभिन्न हास्य टेली सिरियलमा पनि उनको अभिनय रहेको थियो ।