संगालोखबर


सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको चिमडी स्थित बर्जु तालको अवलोकन गरेको छन् । अवलोकनका क्रममा बर्जु ताल सिमसार विकास तथा संरक्षण समितिले यसको संरक्षण र विकासका लागि पहल गरिदिन प्रचण्डसँग आग्रह गरेको छ ।

पूर्वी नेपालकै ठूलो मध्येको एउटा ताल भएकाले भूमाफियाको चङ्गुलबाट जोगाउँदै आवश्यक संरक्षण र विकासका लागि समितिले आग्रह गरेको हो । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा प्रचण्ड आज तालको अवलोकन गर्न पुगेको हुन् ।

Advertisement

कुनै बेला तीन सय बिघामा फैलिएको ताल २०२५ सालको सर्वे नापीपछि एक सय ५२ बिघा कायम भएको र तालको जग्गा हत्याउन सकिन्छ कि भनेर भूमाफियाहरू चलमलाएको समितिले प्रचण्डलाई जानकारी गराएको छ ।

भारतको बिहारबाट दश किलोमिटर नजिक रहेको ताललाई पर्यटकीयस्थल बनाउन सके भारतबाट पनि पर्यटक आउन सक्ने र माछा पालनबाट वर्षेनी ६/७ करोडको आयआर्जन गर्न सकिने सम्भावना रहेकाले आवश्यक बजेटको व्यवस्था गरिदिन समितिले आग्रह गरेको छ ।

अध्यक्ष प्रचण्डले पर्यटन विकास, पर्यावरण संरक्षण र स्थानीय रोजगारी विकास गर्नको लागि बर्जु ताल सिमसार विकास तथा संरक्षणका लागि पार्टीले पहल गर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!