विराटनगर । कोशी प्रदेश खेलकुद महोत्सवको पहिलो दिन एथलेटिक्स विधा अन्तर्गत पुरुष सय मिटर दौडमा सुजन मण्डल प्रथम भएका छन् ।
आज विराटनगरको सहिद रंगशालामा भएको सय मिटर दौड ११.४० सेकेन्डमा पूरा गर्दै मण्डल प्रथम भएका हुन् । सुमित गच्छदार दोस्रो हुँदा सन्तोष कुमार सहनी तेस्रो भए । गच्छदारले ११.७० सेकेन्ड र सहनीले १२.१० सेकेन्डमा दौड पूरा गरे ।
सय मिटर महिलातर्फ बिनिसा रिजाल प्रथम भइन् । उनले १३.४० सेकेण्डमा दौड पूरा गरिन् । १४.५० सेकेण्डमा दौड पूरा गर्दै आरती चौधरीले दोस्रो र १४.६० सेकेन्डमा दौड पूरा गर्दै रश्मी राई तेस्रो भइन् ।