संगालोखबर


विराटनगर । सरकारले रोजगारदाता र रोजगारी खोजकर्तालाई सोझै जोड्ने गरी श्रमसंसार एप सञ्चालन ल्याएको छ । यसले राइड सेयरिङ एपले जस्तै रोजगारदाता र रोजगारी खोजकर्तालाई जोड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

अब काम पाइएन भन्ने र कामदार पाइएन भन्नेलाई यो एप समाधानको माध्यम हुने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

Advertisement

‘अब सरकारले रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गर्नेगरी shramsansar.gov.np पोर्टलको आरम्भ गरेको छ। रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने छ । एकातिर काम पाइएन भन्ने र अर्कातिर कामदार पाइएन भन्ने दुबै समस्यालाई यसले समाधान गर्ने छ’, प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!