विकास निर्माणका काममा प्रदेश सरकार अगाडि छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार विकास निर्माणका काममा सबैभन्दा अगाडि रहेको बताएका छन् । बिहीबार विराटनगरमा आयोजित सङ्घीय शासन प्रणाली सबलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले विगत ३० वर्षमा हुन नसकेको काम सङ्घीयता आएपछि भएको दाबी गरे ।
‘प्रचार प्रसार गर्न नसक्दा हाम्रो बदनाम भएको छ । हामी माथि प्रहार भएको छ’, मुख्यमन्त्री कार्कील...































