‘जलसमाधि लिँदैछु’ लेखेर हिँडेका सहप्राध्यापकको अवस्था अझै अज्ञात
सुनसरी । नौ दिनदेखि सम्पर्कविहीन बनेका सुनसरीको इटहरी निवासी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा समालोचक प्रा. डा. रामजी तिम्सिनाको अवस्था अझै अज्ञात छ । ‘म वराहक्षेत्रमा जलसमाधि लिँदैछु । अलबिदा’ भन्ने लेखेर घरबाट हिँडेका उनीबारे हालसम्म केही पत्तो लागेको छैन ।
परिवार, आफन्त र प्रहरीले उनको निरन्तर खोजी गरिरहेका छन् । उनले उल्लेख गरेको वराह क्षेत्र आसपास प्रहरी टोली परिचालन गरेर खोजी गर्...





























