विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन हजार रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।