पत्रकारिता क्षेत्रमा देखिएका विकृति हटाउनुपर्नेमा जनप्रतिनिधिहरूको जोड
धनकुटा । पत्रकारिता क्षेत्रको सबलीकरणका लागि पत्रकार नै जिम्मेवार हुनुपर्ने स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । बिहीबार नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिले धनकुटामा आयोजना गरेको पत्रकारिता क्षेत्रको सबलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।
स्थानीय तहको भूमिकाबारे छलफल कार्यक्रममा सहभागि जनप्रतिनिधिहरूले नीति निर्माण, कानुनी संरचना तथा पत्...































