खोटाङका ठाउँठाउँमा पहिरो झर्दा सडक अवरुद्ध, वर्कसप र पेट्रोल पम्पमा क्षति
विराटनगर । निरन्तरको वर्षाका कारण खोटाङमा पहिरो खसेर विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । पहिरोले मोटरसाइकल वर्कसप र पेट्रोल पम्पमा पनि क्षति पुर्याएको छ । बुधबार रातिदेखि परेको पानीका कारण ऐंसेलुखर्क गाउँपालिकाको बजार क्षेत्र र अन्य स्थानमा पनि पहिरोले सडक अवरुद्ध भएको हो ।
खोटाङ र भोजपुर जोड्ने भालुखोला सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सो सडकखण्डमा झरेको पहिरो हटाउने काम सुरु भएको जिल्ला...































