ट्याक्टरले किचेर सहचालकको मृत्यु भएपछि भागेका चालक १९ वर्षपछि पक्राउ
झापा । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ का ५४ वर्षीय बन काइँलो भनेर चिनिने नरबहादुर भुजेल छन् ।
इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले उनलाई हिजो अपराह्न घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
२०६२ फागुन ९ गते बिहान भुजेलले चलाएको मे १ त ७३७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचालक टेकेन्...





























