संगालोखबर

विराटनगर । डेङ्गु नेपालका ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्याङ्क अनुसार सबैभन्दा बढी तनहुँमा फैलिएको छ । 

Advertisement

गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । हालसम्म गण्डकीमा १ हजार ४ सय ४८, बागमतीमा ९ सय २८, कोशीमा ६ सय ३९, लुम्बिनीमा ३ सय २८ जनामा डेङ्गु पुष्टि भएको छ ।

यसैगरी सुदूरपश्चिममा २ सय ९५, मधेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै तनहुँमा ७ सय १५, काठमाडौंमा ३ सय ५४, कास्कीमा २७४, झापामा १४७, चितवनमा १४५, पर्वतमा १३६, मकवानपुरमा ९०, गोरखामा ८५ जना डेङ्गु सङ्क्रमित भेटिएका छन् ।

अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेङ्गु फैलिँदा ५२ हजार भन्दा बढी सङ्क्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!