संगालोखबर

विराटनगर । सरकारले सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध हटाउने गृहकार्य थालेको छ । विभिन्न पक्षबाट टिकटकको प्रतिबन्ध हटाउन ‘दबाब’ बढेपछि सरकार लचिलो भएको हो । 

Advertisement

पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटक प्रतिबन्ध लगाएकोप्रति धेरैले प्रशंसा गरे भने विरोध गर्नेको सङ्ख्या पनि उत्तिकै थियो । 

टिकटकका माध्यमबाट समाजमा अपाच्य गतिविधि बढेको भन्दै दाहाल नेतृत्वको सरकारले प्रतिबन्ध लगाए पनि विभिन्न माध्यमको प्रयोग गरेर टिकटक चलाउनेहरू पनि छन् ।

करिब ९ महिनापछि केपी शर्मा ओली नेतृत्वको सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने तयारी गरिरहेको छ । चिनियाँ पक्षले पटकपटक टिकटक प्रतिबन्धबारे प्रश्न गरेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको बताइएको छ । 

नेपालका लागि चिनियाँ राजदूत छन सोङले हरेकजसो राजनीतिक भेटवार्तामा टिकटकको प्रतिबन्धबारे चासो राख्दै आएका छन् । टिकटकले पनि पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाउँदै प्रतिबन्ध हटाउन भन्दै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!