संगालोखबर


बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । गएराति पहिरोले स्थानीय बिरा धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालयका बुङ्गलका सई वीरसिंह ठगुन्नाका अनुसार पहिरोले घर पुरिँदा दुई बालिकासहित चारजनाको मृत्यु भएको छ । चारै जनाको शव घरभित्र पुरिएको अवस्थामा फेला परेको थियो ।

Advertisement

मृत्यु हुनेमा बिराकी पत्नी अन्दाजी ५५ वर्षीया काली धामी, बिराकी जेठी बुहारी २८ वर्षीया गोल्की धामी, गोल्कीका जेठी छोरी ६ वर्षीया आशिका धामी र कान्छी छोरी तीन वर्षीया लक्ष्मी धामी रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!