संगालोखबर

विराटनगर । निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साताभित्र स्थानीय तहको उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ । आयोगले स्थानीय तहमा रिक्त ३४ पद उपनिर्वाचनको माध्यमबाट पूर्ति गर्ने तयारी गरेको हो ।

Advertisement

कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्षसहित सातजना जनप्रतिनिधिको पद रिक्त छ । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पद रिक्त छ भने झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्ष पद रिक्त रहेको आयोगले जनाएको छ ।

यसैगरी, तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्ष पद रिक्त छ । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा वडाध्यक्ष पद रिक्त छ । उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–८ मा वडाध्यक्ष पद रिक्त छ ।

आयोगले यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग छलफल गरेको जनाइएको छ । उपनिर्वाचनका लागि मतदाता नामावली अभिलेख अद्यावधिक गराउने तथा नयाँ मतदाता नामावली सङ्कलन कार्य अघि बढाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् ।

विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले सार्वजनिक रुपमा आह्वान गरेको छ।

आयोगका अनुसार आफूलाई पायक पर्ने प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फाराम भरी नियमित रूपमा मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको छ।

कोशीमा गाउँपालिका अध्यक्षसहित ७ पद रिक्त

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!