धरानमा छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
विराटनगर । सुनसरीको धरान-१७ मा रहेको माउन्ट मोरिया स्कुलका शिक्षक २३ वर्षीय असित ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा ठकुरी पक्राउ परेका हुन् ।
उनलाई यसभन्दा अगाडि पनि यही आरोपमा धरानकै एउटा विद्यालयले निकालेको थियो । त्यतिखेर भने प्रहरीमा उजुरी परेको थिएन ।
विद्यार्थीहरूले उजुरी दिएपछि सोमबार ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी ना...





























