नोबेलमा सुरु भयो निःशुल्क प्रसुती सेवा

नोबेलमा सुरु भयो निःशुल्क प्रसुती सेवा

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निःशुल्क प्रसुती सेवा सुरु भएको छ । सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत नोबेलमा निःशुल्क प्रसुती गराउँन थालिएको हो । सरकारी निकायसँगको सम्झौता अनुसार नोबेलले २०६७ फागुन २३ गतेदेखि नै निःशुल्क प्रसुती गराउँदै आएको भएपनि स्तरोन्नतीका लागि गत भदौ महिनाबाट यो सेवा स्थगित गरिएको थियो । त्यसपछि अहिले पुनः निःशुल्क प्रसुती सेवा सुरु गरिएको नोबेल अस्पत...
धनकुटाका स्वास्थ्य संस्थालाई ४० लाखको स्वास्थ्य सामाग्री प्रदान

धनकुटाका स्वास्थ्य संस्थालाई ४० लाखको स्वास्थ्य सामाग्री प्रदान

धनकुटा । धनकुटाका स्वास्थ्य संस्थाहरुका लागि काठमाडौंस्थित धार्मिक संस्था वोधिसत्व विहारले ४० लाख बराबरको स्वास्थ्य सामाग्री र उपकरण प्रदान गरेको छ । धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुका लागि स्वास्थ्य सामाग्री र उपकरण प्रदान गरिएको हो । नेपाल राष्ट्रिय अभिभावक संघ र छथर जोरपाटी घर भएका हास्य कलाकार दिपक प्रसाद आचार्य...
धनकुटाका सात वटै पालिकाबाट एन्टिजेन परीक्षण

धनकुटाका सात वटै पालिकाबाट एन्टिजेन परीक्षण

धनकुटा । धनकुटामा पीसीआर परीक्षण घटाएर जिल्लाका सात वटै पालिकाबाट निःशुल्क एन्टिजेन परीक्षण गर्न थालिएको छ । एन्टिजेन परीक्षण गर्न सरल र रिपोर्ट छिटो आउँने भएकाले जिल्लाका सात वटै पालिकामा एन्टिजेन परीक्षण गर्ने क्रम बढाइएको हो । धनकुटामा गत बर्षदेखि नै पीसीआर परीक्षण गरिदै आएको छ । बुधबारसम्म ४ हजार ४ सय २४ जनाको पीसीआर परीक्षण भएको छ । यता, गत जेठ पहिलो साताबाट मात्र थालिएको भएपनि एक महिनाकै ...
धनकुटा अस्पताललाई नेत्र ज्योति संघले दियो पीपीई, जिल्लाभर १७८ थान पीपीई दिइने

धनकुटा अस्पताललाई नेत्र ज्योति संघले दियो पीपीई, जिल्लाभर १७८ थान पीपीई दिइने

धनकुटा । नेपाल नेत्र ज्योति संघ धनकुटाले जिल्ला अस्पताललाई ५० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) प्रदान गरेको छ । उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि नेत्र ज्योति संघले पीपीई दिएको हो । नेत्र ज्योति संघका सचिव देवबहादुर खड्का, कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, सदस्यहरु ऋषिराम ढुंगाना, विजयसन्तोषी राई, लिलानाथ मिश्र लगायतले जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्मालाई पीपीई सेट हस्तान्तरण...
दक्ष जनशक्ति नहुँदा धनकुटामा आईसीयू सञ्चालन गर्न समस्या (भिडियोसहित)

दक्ष जनशक्ति नहुँदा धनकुटामा आईसीयू सञ्चालन गर्न समस्या (भिडियोसहित)

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा ठूलो लगानी गरेर निर्माण गरिएको भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालनमा समस्या भएको छ । गम्भीर अवस्थाका विरामीको उपचार गर्न भेन्टिलेटरसहितको आईसीयू कक्ष निर्माण गरिएको भए पनि दक्ष जनशक्ति अभावका कारण सञ्चालन हुँन सकेको छैन । सरकारले गत बर्ष कोरोना महामारी फैलिएका बेला चार वटा भेन्टिलेटरसहित १० बेडको आईसीयू कक्ष निर्माणका लागि कोरोना जनसुरक्षा कोषबाट दुई करोड बजेट ...
धनकुटामा पहिलो दिन ४७० बृद्धबृद्धाले लगाए कोरोनाविरुद्धको भेरोसेल खोप

धनकुटामा पहिलो दिन ४७० बृद्धबृद्धाले लगाए कोरोनाविरुद्धको भेरोसेल खोप

धनकुटा । धनकुटामा बिहिबार ४७० जना बृद्धबृद्धाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लाका २७१ पुरुष र १९९ जना महिलाले कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका हुन् । धनकुटा नगरपालिकाका २१०, छथर जोरपाटीका ९२, महालक्ष्मीका ६२, पाख्रीवासका ४३, चौविसेका ३६, सहिदभूमिका १४ र साँगुरीगढीका १३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । जसमध्ये २८ जनाले भेरोसेल खोपको दोस्रो डोज लगाएका हुन् भने ४४२...
प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छन् । संघीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उनले आग्रह गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाँडोभन्दा चाँडो ख...
हृदयघात भएका कोरोना संक्रमितको नोबेलमा गरियो शल्यक्रिया

हृदयघात भएका कोरोना संक्रमितको नोबेलमा गरियो शल्यक्रिया

विराटनगर । हृदयघात भएर आएका एक कोरोना संक्रमितको नोबेल शिक्षण अस्पतालमा आकस्मिक शल्यक्रिया गरिएको छ । हृदयघात भएर अस्पताल भर्ना भएका इटहरी–३ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको सफलतापूर्वक एन्जियोप्लाष्टि गरिएको हो । नोबेलका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डा.राजेश नेपाल, डा.सुशान्त कटुवाल लगायत चिकित्सकहरुको टोलीले संक्रमितको शल्यक्रिया गरेको हो । एक साता अघि कोरोना संक्रमण पुष्टि भएका उनी घरमै...
प्रदेश १ मा ७० हजारलाई कारोनाविरुद्धको भेरोसेल खोप लगाइने

प्रदेश १ मा ७० हजारलाई कारोनाविरुद्धको भेरोसेल खोप लगाइने

विराटनगर । प्रदेश १ मा ७० हजारलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने गरी १४ वटै जिल्लामा खोप पठाउने काम भइरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिए । उनका अनुसार भोलिसम्म प्रदेश १ का सबै जिल्लामा खोप पुगिसक्ने छ...
जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने

जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौं । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउन था...
बेलबारी नगरपालिकाले नगरबासीका लागि ८० हजार डोज कोरोना खोप किन्ने

बेलबारी नगरपालिकाले नगरबासीका लागि ८० हजार डोज कोरोना खोप किन्ने

मोरङ । मोरङको बेलबारी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिद प्रकृया थालेको छ । यसका लागि नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वीकृति माग गरेको छ । नगरले आफ्ना नागरिकका लागि ८० हजार डोज खोप आफैं खरीद गर्ने तयारी गरेको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले जानकारी दिए । नगरपालिकाले दुई चरणमा खोप उपलब्ध गराइदिन माग गर्दै मन्त्रालयमा पत्राचार गरेको हो । पहिलो चरणमा १८ बर्षदेखि ४० बर्षसम्म ...
धनकुटाका औषधि पसलमा पाउँन छोड्यो सिटामोल, विरामी मारमा

धनकुटाका औषधि पसलमा पाउँन छोड्यो सिटामोल, विरामी मारमा

धनकुटा । धनकुटाका औषधि पसलहरुमा सिटामोल पाउँन छोडेको छ । सामान्यतयाः ज्वरो र दुखाईमा सेवन गरिने सिटामोल अहिले जिल्लाका औषधि पसलहरुमा पाउँन मुस्किल पर्न थालेको हो । जिल्ला सदरमुकामका अधिकांश औषधि पसलहरुले सिटामोल किन्न आउँने विरामीहरुलाई सिटामोल नभएको भनेर फर्काउँने गरेका छन् । कतिपयले सिटामोल जस्तै काम गर्ने अन्य औषधि दिने गर्छन् । अहिले धनकुटामा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । कोरोनाक...
नोबेलमा चिरफार नगरी दुरबिनको माध्यमबाट गरियो मस्तिष्कको सफल शल्यक्रिया

नोबेलमा चिरफार नगरी दुरबिनको माध्यमबाट गरियो मस्तिष्कको सफल शल्यक्रिया

विराटनगर । नोबेल शिक्षण अस्पतालमा चिरफार र घाउ नबनाई दुरबिनको माध्यमबाट मस्तिष्क भित्रको ट्यूमरको सफल शल्यक्रिया गरिएको छ । झापाको शिवसताक्षी नगरपालिका–११ की ३५ बर्षीया देवी राना मगरको नाकबाट इण्डोस्कोप छिराएर दुरविनको माध्यमबाट मस्तिष्कको शल्यक्रिया गरिएको हो । नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले मगरको सफल शल्यक्रिया गरेको हो । नाकको प्वालबाट ईण्डोस्कोप ...
महालक्ष्मी नगरको नमुना काम: सबै नगरबासीलाई निःशुल्क रोग प्रतिरोधात्मक औषधि खुवाइँदै

महालक्ष्मी नगरको नमुना काम: सबै नगरबासीलाई निःशुल्क रोग प्रतिरोधात्मक औषधि खुवाइँदै

धनकुटा । गाउँ–गाउँमा कोरोना संक्रमण फैलिरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरबासीहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउँने औषधि खुवाउँन थालेको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँनका लागि हरेक नागरिकलाई कम्तिमा एक महिना सेवन गर्न पुग्ने गरी होमियोप्याथिक औषधि निःशुल्क वितरण गर्न थालिएको हो । नगरबासीको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गरेर कोरोनासहित अन्य रोग लाग्नबाट बचाउँन सबै नगरबासीलाई र...
आइसोलेशनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा

आइसोलेशनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा

विराटनगर । कोरोना संक्रमण भएर आईसोलेशनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । क्युरा हेल्थले बिशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) निःशुल्क उपलब्ध गराउने भएको हो । महामारीको समयमा अस्पताल वा क्लिनिक जा“दा सरुवा रोग कोभिड लगायतका संक्रमणहरु सर्ने सम्भावना हु“दा टेलिमेडिसिन सेवामार्फत सेवा दिन लागिएको बताइएको छ । सामान्य लक्...
नोबेलमा निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन

नोबेलमा निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन

विराटनगर । नोबेल शिक्षण अस्पतालले निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेशनमा बसेका संक्रमितको परीक्षणका लागि नोबेलले कोरोना ओपीडी सेवा सञ्चालन गरेको हो । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएमा संक्रमित व्यक्ति होम आइसोलेशनमा बस्ने गर्छन् । स्वास्थ्यमा समस्या बढेमा कोभिड अस्पतालमा भर्ना गरेर उपचार गर्ने गरिन्छ । तर, कोरोनासँग ...
वीपी प्रतिष्ठानमा कोरोना संक्रमितको सफल शल्यक्रिया

वीपी प्रतिष्ठानमा कोरोना संक्रमितको सफल शल्यक्रिया

विराटनगर । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको सफल शल्यक्रिया गरिएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिराहाका ४० बर्षीय कोरोना संक्रमित पुरुष आज सफलतापूर्वक शल्यक्रिया गरिएको हो । पेट फुल्ने र दुख्ने, समस्या भएका उनमा ज्वरोसमेत आएको थियो साथै खोकी लाग्ने, वान्ता आउने समस्या भएका उनको आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पो...
२४ घण्टामा थप ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना संक्रमण

२४ घण्टामा थप ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना संक्रमण

विराटनगर । २४ घण्टाको अवधिमा नेपालमा थप ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७६६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर कोरोना संक्रमितको स...
प्रदेश १ मा भरिन थाले कोरोना अस्पताल

प्रदेश १ मा भरिन थाले कोरोना अस्पताल

विराटनगर । पछिल्लो समय ‘डबल म्युटेन्ट भेरिएन्ट’ सहितको कोरोना भाईरसको संक्रमण तीव्र भएसँगै संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्न थालेको छ । यो सँगै निजी अस्पतालद्वारा सञ्चालित आईशोलेशन सेन्टर तथा कोभिड अस्पतालहरु पनि भरिएका छन् । कोभिड अस्पतालमा नयाँ बिरामी भर्ना लिन सकिने अवस्था छैन् । कोरोना संक्रमितको संख्या उकालो लागेसँगै विराटनगरका निजी अस्पतालद्वारा सञ्चालित कोभिड अस्पतालहरु पनि भरिएका छन...
केएमसीमा कोरोना संक्रमितको उपचार निःशुल्क हुँने

केएमसीमा कोरोना संक्रमितको उपचार निःशुल्क हुँने

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुँने भएको छ । कोरोना संक्रमितलाई निःशुल्क उपचार गराउँनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएमसीबीच आइतवार सम्झौता भएको हो । सम्झौतासँगै अब कोरोना संक्रमितले केएमसीमा निःशुल्क उपचार पाउँनेछन् । उपचारका क्रममा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्यहोर्ने सम्झौता पत्रमा उल्लेख छ । स्...
नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क

नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुँने भएको छ । कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नोबेल अस्पतालबीच बिहिबार सम्झौता भएको हो । सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनी र नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्रप्रसाद उपाध्यायले हस्ताक्षर ...
नोबेलले मोरङको क्षेत्र नं.३ र ६ का सर्वसाधरणलाई ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने

नोबेलले मोरङको क्षेत्र नं.३ र ६ का सर्वसाधरणलाई ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने

विराटनगर । नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ का सर्वसाधरणलाई ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नोबेलले शुक्रबार सूचना जारी गरेर दुवै निर्वाचन क्षेत्रका सर्वसाधरणलाई बैशाख मसान्तसम्म सहुलियत दरमा पीसीआर परीक्षण गर्ने जनाएको छ । दुवै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पथरीशनिशचरे, कानेपोखरी, बेलवारी, सुन्दरहरैंचा, बुढिगंगा र विराटनगरका ४५ वटा वडाका बासिन्दालाई ७५० र...
केएमसीले १५ सयमै पीसीआर परीक्षण गर्ने

केएमसीले १५ सयमै पीसीआर परीक्षण गर्ने

काठमाडौं। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेका बेला केएमसीले शुक्रबारबाट पीसीआर परीक्षण शुल्क घटाएको हो । सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्न थालेको हो । यसअघि केएमसीले १ हजार ९ सय ९९ मा पी...
नोबेलमा सुरु भयो बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा

नोबेलमा सुरु भयो बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा सुरु गरेको छ । निःसन्तान दम्पतीलाई उपचार गरी सन्तान हुँने बनाउँन र कृत्रिम गर्भाधान गरी बच्चा जन्माउँन आइभीएफ सेन्टर सञ्चालन गरिएको हो । नेपालकै सबैभन्दा ठूलो आइभीएफ तालिम केन्द्रसहितको आइभीएफ सेन्टरको वुधवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माकी आमा होमादेवी न्यौपानेले ...
महालक्ष्मीमा सुरु भयो निःशुल्क आयुर्वेदिक उपचार सेवा

महालक्ष्मीमा सुरु भयो निःशुल्क आयुर्वेदिक उपचार सेवा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुरमा निःशुल्क आयुर्वेदिक उपचार सेवा सुरु भएको छ । जितपुर बजारमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी निःशुल्क उपचार सेवा प्रदान गर्न थालिएको हो । एक कार्यक्रमकाबीच औपचारिक रुपमा आरोग्य केन्द्र उद्घाटन गरेर सेवा सुरुवात गरिएको छ । कार्यक्रममा प्रदेश सांसद इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, महालक्ष्मी नगरपालिकाका प्रमु...
मोरङसहित १४ जिल्ला कोरोना अति प्रभावितको सूचीमा, भीडभाड हुँने क्षेत्रमा नजान अपिल

मोरङसहित १४ जिल्ला कोरोना अति प्रभावितको सूचीमा, भीडभाड हुँने क्षेत्रमा नजान अपिल

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको प्रभाव अब निकै चुनौतिपूर्ण हुँने निष्कर्ष निकाल्दै मोरङसहित १४ जिल्लालाई कोरोना अति प्रभावित जिल्लाको सूचीमा राखेको छ । मन्त्रालयले बिहीबार सूचना जारी गरेर अति प्रभावितको सूचीमा परेका जिल्लामा भीडभाड हुँने गतिविधिमा सहभागि नहुँन आग्रह गर्दै जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गर्न आग्रह गरेको हो । मोरङसहित काठमाडौं, ललितपुर, कास्की, ...
नोबेलमा सफलतापूर्वक गरियो घाँटीको क्यान्सरको जटिल शल्यक्रिया

नोबेलमा सफलतापूर्वक गरियो घाँटीको क्यान्सरको जटिल शल्यक्रिया

विराटनगर । नोबेल शिक्षण अस्पतालमा घाँटीको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । सुनसरीको हरीनगर गाउँपालिका–५ का सफिद मियाँको घाँटीको ‘भ्वाइस बक्स’ मा भएको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । ६२ बर्षीय मियाँको घाँटीको आवाज निकाल्ने नलीमा क्यान्सर भई चौथो अर्थात अन्तिम चरणमा पुगेको क्यान्सरको सफल शल्यक्रिया गरिएको टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश...
कोरोना संक्रमित बढेकाले कोभिड अस्पताल तयारी अवस्थामा राखेका छौं: मन्त्री राई

कोरोना संक्रमित बढेकाले कोभिड अस्पताल तयारी अवस्थामा राखेका छौं: मन्त्री राई

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको जानकारी दिएकी छन् । आज विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै मन्त्री राईले कोरोना संक्रमितको उपचारका लागि कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको जानकारी दिएकी हुन् । कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेपछि मन्त्री राई अनुगमनका लागि कोभिड अस्पताल पुगेकी हुन् । अनुगमनका क्रममा ...
झापामा नोबेलको तीन दिने स्वास्थ्य शिविर, तीन हजार बिरामीको निःशुल्क उपचार

झापामा नोबेलको तीन दिने स्वास्थ्य शिविर, तीन हजार बिरामीको निःशुल्क उपचार

झापा । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको कन्काई नगरपालिकाका दुई स्थानमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कन्काई–७ दुर्गापुरमा दुई दिन र कन्काई–३ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । रोटरी क्लब अफ सुरुङ्गासँग सहकार्य गरी मंगलबार कन्काई–३ स्थित पशुपति बोर्डिङ स्कूलमा सञ्चालित शिविरमा ९ सय ८४ जनाको निःशुल्क उपचार गरिएको छ । शिविरमा २ सय ३ जनाको ल्याव...
अत्याधुनिक सर्जरीमा केएमसीको फड्को: नेपालमै पहिलो पटक रोवटबाट सर्जरी थालिदै

अत्याधुनिक सर्जरीमा केएमसीको फड्को: नेपालमै पहिलो पटक रोवटबाट सर्जरी थालिदै

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’ थाल्ने भएको छ । अत्याधुनिक रोवट मेसिन ल्याएर ‘रोवटिक सर्जरी’ थाल्ने तयारी अन्तिम चरणमा पुगेको केएमसीले जनाएको छ । अत्याधुनिक ‘रोवटिक सर्जरी’ का लागि केएमसीले करिब १० करोडको लागतमा मेसिन खरिद गरेको छ । अब, डेढ महिनाभित्र ‘रोवटिक सर्जरी’ थालिने केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । ‘नेपालमै पहिल...
बेलबारीमा २० गतेदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

बेलबारीमा २० गतेदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

बेलबारी । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान बेलबारीमा चैत २० गतेदेखि सुरु गरिने भएको छ । ६६ हजार ५ सय जनालाई औषधि खुवाउने लक्ष्य राखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए । उनका अनुसार अभियानमा ६० जना स्वास्थ्यकर्मी र ३५ जना महिला स्वास्थ्य स्वयंमसेविकाले घर–घरमै गएर औषधि वितरण गर्नेछन् । दुई बर्षभन्दा मुनिका बालबालिका, गर्भवति महिला, र सात दिनका...
error: Content is protected !!