- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निःशुल्क प्रसुती सेवा सुरु भएको छ । सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत नोबेलमा निःशुल्क प्रसुती गराउँन थालिएको हो ।

Advertisement

सरकारी निकायसँगको सम्झौता अनुसार नोबेलले २०६७ फागुन २३ गतेदेखि नै निःशुल्क प्रसुती गराउँदै आएको भएपनि स्तरोन्नतीका लागि गत भदौ महिनाबाट यो सेवा स्थगित गरिएको थियो । त्यसपछि अहिले पुनः निःशुल्क प्रसुती सेवा सुरु गरिएको नोबेल अस्पतालको स्त्री तथा प्रसुती बिभागका प्रमुख डा.गेहनाथ बरालले जानकारी दिए । ‘नोबेलमा आमा सुरक्षा कार्यक्रम रोकिएको थियो, अहिले पुनः सुरु भएको छ,’ डा.बरालले संगालोखबरसँग भने, ‘नोबेलमा निःशुल्क प्रसुती सेवासँगै प्रसुती गराउँनेलाई प्रोत्साहन स्वरुप यातायात खर्च पनि दिइन्छ ।’

प्रसुतीका क्रममा गरिने परीक्षण, बेड चार्ज, अप्रेशन चार्ज लगायत सेवा निःशुल्क छ । त्यस्तै, प्रसुती गराउँन आउँनेहरुलाई निःशुल्क सेवासँगै प्रोत्साहन स्वरुप यातायात खर्च वापत १ हजार रुपैयाँसमेत दिने गरिएको छ । घरमै सुत्केरी गराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्नसक्ने भएकाले सरकारले अस्पतालमा प्रसुती गराउँन प्रोत्साहन गर्दै आएको छ । सोही कारण सरकारले प्रसुती निःशुल्क गरेर यातायात खर्च पनि उपलब्ध गराउँने व्यवस्था मिलाएको हो ।

नोबेलको स्त्री तथा प्रसुती बिभागमा डा.बराल, डा.शान्ति सुवेदी, डा.सिता पोख्रेल लगायत बिशेषज्ञ डाक्टरहरुको टिम कार्यरत छ । उनीहरुले नै प्रसुती गराउँने गरेका छन् । बिशेषज्ञ डाक्टरबाट भरपर्दो सेवा पाइने हुँनाले नोबेलमा प्रसुती गराउँनेहरुको आकर्षण बढ्दै गएको अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!