संगालोखबर सम्वाददाता
धनकुटा अस्पतालमा खोप लगाउँन लागेको लाइन । तस्वीरः सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा बिहिबार ४७० जना बृद्धबृद्धाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लाका २७१ पुरुष र १९९ जना महिलाले कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका हुन् । धनकुटा नगरपालिकाका २१०, छथर जोरपाटीका ९२, महालक्ष्मीका ६२, पाख्रीवासका ४३, चौविसेका ३६, सहिदभूमिका १४ र साँगुरीगढीका १३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

जसमध्ये २८ जनाले भेरोसेल खोपको दोस्रो डोज लगाएका हुन् भने ४४२ जनाले पहिलो डोज खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले बताए । ‘धनकुटामा यसअघि कोभिसिल्ड खोप मात्र लगाइएको छ । भेरोसेल खोप पहिलो पटक लगाइएको हो । अन्तै भेरोसेलको पहिलो डोज लगाएका १८ जनाले दोस्रो डोज लगाउँनु भयो । वाँकी सबैले पहिलो डोज खोप लगाउँनु भएको हो,’ गुरागाईले भने ।

Advertisement

धनकुटा नगरपालिका क्षेत्रका लागि जिल्ला अस्पताल धनकुटा, पाख्रीवासको आधारभूत अस्पताल पाख्रीवास, महालक्ष्मीको प्राथमिक स्वास्थ्य केन्द्र जितपुर, छथर जोरपाटीको कोभिड अस्पताल छथर जोरपाटी, सहिदभूमिको आँखिसल्ला स्वास्थ्य चौकी, साँगुरीगढीको भेडेटार स्वास्थ्य चौकी र चौविसेको राजारानी स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएको छ । सात वटै खोप केन्द्रबाट ६२ देखि ६४ बर्षसम्मका बृद्धबृद्धालाई बिहिबार र शुक्रबार खोप लगाउँन आवहन गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले धनकुटाका लागि २ हजार ४ सय डोज खोप पठाएको छ । दुई दिनमा सबै खोप लगाइसक्ने हिसावले बिहिबार र शुक्रबार खोप लगाउँने समय तोकिएको हो । तर, पहिलो दिन खोप लगाउँनेको संख्या सोचेअनरुप भएन । जसका कारण दुई दिनमा २४ सय डोज खोप लगाइसक्ने सम्भावना नदेखिएकाले खोप लगाउँने दिन लम्बिन सक्ने स्वास्थ्य कार्यालयको अनुमान छ ।

यसअघि भेरोसेल खोप काठमाडौं उपत्यकामा मात्र लगाइएको थियो । त्यसैले काठमाडौंमा भएका बेला पहिलो डोज लगाएकाहरुले यो खोपको दोस्रो डोज अहिले लगाउँन सक्छन् । काठमाडौंमा हुँदा पहिलो डोज भेरोसेल खोप लगाएका १८ जनाले बिहिबार धनकुटामा दोस्रो पटक लगाएर खोपको डोज पुरा गरेका हुन् । त्यो बाहेक अरुले पहिलो डोजको रुपमा भेरोसेल खोप लगाउँदैछन् ।

पहिले कोभिसिल्ड खोप लगाएकाहरुले भने अहिले यो खोप लगाउँन मिल्दैन । सामान्यतया एक महिनाभित्र सोही कम्पनीको दोस्रो डोज खोप लगाउँनु पर्छ । तर, कोभिसिल्ड खोप लगाउँनेहरुले तीन महिना वित्दासमेत दोस्रो डोज खोप लगाउँन पाएका छैनन् । भारतबाट आउँनुपर्ने कोभिसिल्ड खोप नआउँदा पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाहरुमा अन्यौलता छाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!