- संगालोखबर सम्वाददाता

बेलबारी । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान बेलबारीमा चैत २० गतेदेखि सुरु गरिने भएको छ । ६६ हजार ५ सय जनालाई औषधि खुवाउने लक्ष्य राखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए ।

Advertisement

उनका अनुसार अभियानमा ६० जना स्वास्थ्यकर्मी र ३५ जना महिला स्वास्थ्य स्वयंमसेविकाले घर–घरमै गएर औषधि वितरण गर्नेछन् ।

दुई बर्षभन्दा मुनिका बालबालिका, गर्भवति महिला, र सात दिनका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामीबाहेक सबैले औषधी सेवन गर्न मिल्ने स्वास्थ्यकर्मीको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!