- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको जानकारी दिएकी छन् । आज विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै मन्त्री राईले कोरोना संक्रमितको उपचारका लागि कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको जानकारी दिएकी हुन् ।

Advertisement

कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेपछि मन्त्री राई अनुगमनका लागि कोभिड अस्पताल पुगेकी हुन् । अनुगमनका क्रममा मन्त्री राईले कतैबाट गुनासो नआउँने गरी सेवा उपलब्ध गराउँन स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई निर्देशन पनि दिइन् । अनुगमनपछि बोल्दै उनले तत्कालका लागि १८० वेड तयारी अवस्थामा रहेको बताइन् । आवश्यकता अनुसार जिल्ला स्तरमा पनि कोभिड अस्पताहरुलाई तयारी अवस्थामा राखिने मन्त्री राईको भनाई छ । उनले सीमा नाकामा आवश्यक सर्तकता अपनाउन पनि आग्रह गरेकी छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले संक्रमणको दर बढेको भन्दै सतर्कता अपनाउँन आग्रह गरे । चैत २० पछिको १० दिनको अवधिको संक्रमण दर निकै बढेको उनले बताए । सचिव कार्कीले भने,‘देशव्यापी रुपमा बृद्धि भएको दरकै अनुपातमा प्रदेश १ मा पनि संक्रमण बढेको छ । यसले कोरोनाको पुनराबृत्ति भएको देखिन्छ ।’

संक्रमण दर बढेसँगै अस्पताल, आईसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताए । आवश्यकता अनुसार आईसोलेसन कोभिडको व्यवस्थापनका लागि चाँडै प्रदेश स्तरिय सीसीएमसी बैठकको तयारी भईरहेको उनले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!