संगालोखबर सम्वाददाता

विराटनगर । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको सफल शल्यक्रिया गरिएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिराहाका ४० बर्षीय कोरोना संक्रमित पुरुष आज सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

Advertisement

पेट फुल्ने र दुख्ने, समस्या भएका उनमा ज्वरोसमेत आएको थियो साथै खोकी लाग्ने, वान्ता आउने समस्या भएका उनको आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए । सिराहाको फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका लागि गएका उनमा कोरोना संक्रमण देखिएपछि सोमबार उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । प्रतिष्ठानमा चेकजाँच गर्दा सानो आन्द्रामा जटिल समस्या भएको र पेटसम्म संक्रमण फैलिसकेको पत्ता लागेकाले डा. निर्मल प्रसाद शाहको नेतृत्वमा आकस्मिक शल्यक्रिया गरिएको हो ।

सह–प्रवक्ता पोखरेलका अनुसार दोस्रो चरणको कोरोना संक्रमण शुरु भएयता पूर्ण रुपमा बेहोस पारी कोभिड अस्पतालमा रहेको शल्यक्रिया कक्षमा गरिएको यो नै पहिलो शल्यक्रिया हो । पहिलो चरणको कोरोना संक्रमणका बेला पाँच जना कोरोना संक्रमितहरुको शल्यक्रिया भएको थियो । साथै दुई जना कोरोना संक्रमित महिलाको सामान्य प्रशुतीसमेत गराइएको प्रतिष्ठानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!