- संगालोखबर सम्वाददाता

झापा । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको कन्काई नगरपालिकाका दुई स्थानमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कन्काई–७ दुर्गापुरमा दुई दिन र कन्काई–३ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

रोटरी क्लब अफ सुरुङ्गासँग सहकार्य गरी मंगलबार कन्काई–३ स्थित पशुपति बोर्डिङ स्कूलमा सञ्चालित शिविरमा ९ सय ८४ जनाको निःशुल्क उपचार गरिएको छ । शिविरमा २ सय ३ जनाको ल्याव टेष्ट, १ सय ९८ जनाको भिडियो एक्सरे र १ सय ७८ जनाको इसीजी गरिएको छ ।

यता कन्काई–७ दुर्गापुरस्थित भृकुटी माध्यमिक विद्यालयमा बुधबार र बिहिबार दुई दिन सञ्चालित शिविरबाट २ हजार ३६ जना बिरामी लाभान्वित भएका हुन् । शिविरमा ३ सय ५२ जनाको इसीजी, ३ सय ३ जनाको ल्याव टेष्ट र ४ सय १३ जनाको भिडियो एक्सरे गरिएको छ । दुई स्थानमा तीन दिन सञ्चालित शिविरमा ३ हजार २० जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!